एजेन्सी : इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुल रेलिगेसन जोनको टिमसँग पराजित भएको छ ।
आइतबार राति भएको खेलमा लिभरपुल घरेलु मैदानमा फुलहमसँग १–० गोलले स्तब्ध भएको हो । एन्फिल्डमा फुलहमलाई जिताउन मारियो लेमिनाले निर्णायक गोल गरे । उनले खेलको ४५औँ मिनेटमा गरेको गोल नै फुलह्यामको जितमा निर्णायक बन्यो ।
उक्त जितसँगै १८औँ स्थानको फुलहमले २८ खेलमा २६ अंक जोडेको छ । पराजित लिभरपुल भने ४३ अंकका साथ सातौँ स्थानमा छ ।