हाल भारतको उत्तर प्रदेश आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको आंशिक प्रभाव नेपालको मौसममा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा दक्षिणतर्फ रहेको पनि जनाइएको छ।
महाशाखाका अनुसार शनिबार बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ भने बागमती प्रदेशका थोरै स्थानहरूमा तथा प्रदेश १ र प्रदेश २ का एक दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
यस्तै दिउँसो पनि देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
यस्तै राति देशभर बदली रही प्रदेश १, प्रदेश २, बाग्मती तथा गण्डकी प्रदेशका केही र बाकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ।