काठमाडौं : नेपालगन्जमा जारी सातौं संस्करणको प्रधानमन्त्री कप महिला राष्ट्रिय भलिबलमा आज महत्वपुर्ण दुई खेल हुदैछ । पहिलो खेलमा होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब र विभागीय नेपाल एपिएफ क्लब तथा दोस्रो खेलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुदैछ ।
यी दुबै खेल नेपालगन्जस्थित रंगशाला परिसरमा रहेको कभर्डहलमा दिउँसो १ बजेर र ३ बजे हुनेछ । आजको खेलमा डायमन्ड एपिएफलाई हराउदै उपाधि सम्भावनालाई जीवितै राख्ने लक्ष्यमा हुनेछ । पहिलो खेलमा पुलिससँग् ३–२ को सेटमा पराजित भएको डायमन्डले दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि सम्भावनालाई जीवितै राखेको थियो ।
त्यस्तै यता अपराजित रहेको एपिएफले यसअघि आर्मी र लुम्बिनी युनाइटेडलाई पराजित गरेको थियो ।
त्यस्तै यता अर्को खेलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मीको सामना गर्दैछ ।