कोरोना सङ्क्रमणको जोखिमका कारण स्थगित भएको आइपिएल क्रिकेटको बाँकी खेल आजदेखि सुरु हुँदै छ ।
खेल युएईमा आजदेखि सुरु हुन लागेको हो । आइपिएलमा ३१ खेल बाँकी छन् । आजको खेलमा बेलुका पौने आठ बजे चेन्नई सुपर किङ्ग्स र मुम्बई इन्डियन्स खेल्दै छन् ।
यसअघिको खेलमा मुम्बईले चेन्नईलाई ४ विकेटले हराएको थियो । चेन्नई ७ खेलमा १० अङ्क जोडेर तालिकाको दोस्रो स्थानमा छ । मुम्बई ७ खेलमा ८ अङ्क जोडेर चौथो स्थानमा छ । शीर्ष स्थानमा रहेको दिल्ली क्यापिटल्सको ८ खेलमा १२ अङ्क छ ।