नेपाल राष्ट्र बैंकले असोज ४ गते सोमबार दिउँसाे तीन बजेसम्म पुनः ११ अर्ब ८३ करोड रुपैयाँको ट्रेजरी बिक्रीको आह्वान गरेको जनाएको छ ।
यसअघि यही भदौ २८ गते पनि राष्ट्र बैंकले पाँच अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्री गरेको थियो । जारी मिति असोज पाँच गते तोकिएको ट्रेजरी खरिदका लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले भाग लिन पाउने छन् ।
बिक्री गरिने कुल ट्रेजरीमध्ये ९१ दिने अवधिको पाँच अर्ब ५३ करोड, एक सय ८२ दिने अवधिको चार अर्ब ३० करोड र तीन सय ६४ दिने अवधिको दुई अर्ब रुपैयाँको रहेको छ ।
यी ट्रेजरीहरूको परिपक्व हुने अवधि भने क्रमशः २०७८ पुस ६ गते, २०७८ चैत ८ गते र २०७९ असोज ४ गते तोकिएको छ । राष्ट्र बैंकका अनुसार बिक्री हुने ट्रेजरीहरू पुरानो नवीकरणअन्तर्गत रहेका छन् ।