कोभिडअघि दैनिक एक हजार पाँच सय जना श्रमिक वैदेशिक रोजगारीमा जाने गरेकामा अहिले वैदेशिक रोजगारीमा धेरै गिरावट आएको छ ।
नेपाल राष्ट्र बैंकको असारसम्मको तथ्याङ्कअनुसार २०७७/०७८ मा अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत (नयाँ र वैधानीकरण) ६२.८ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो सङ्ख्या २०.८ प्रतिशतले गरेको थियो ।
वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने श्रमिकको सङ्ख्या ४६.८ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो सङ्ख्या ३४.७ प्रतिशतले घटेको थियो ।