एजेन्सी ; स्पेनिस ला लगिा फुटबल क्लब बार्सिलोनाले नयाँ अध्यक्ष पाएको छ । आइतबार भएको निर्वाचनबाट सर्वाधिक मत ल्याउँदै लापोर्टा पुन दोस्रो पटक अध्यक्ष पदकमा नियुक्त भएका हुन् ।
अध्यक्षको अर्को प्रतिस्प्रधी भिक्टर फन्ट र टोनीलाई पछि पार्दै लापोर्टा अध्यक्षमा निर्वाचित भएका हुन् ।
स्पानिस राजनीतिज्ञ तथा वकिलसमेत रहेका लापोर्टा दोस्रोपटक अध्यक्ष चुनिएका हुन् । यसअघि उनी सन् २००३ देखि १० सम्म बार्सिलानाकै अध्यक्ष रहेका थिए ।
अध्यक्ष पदको लागि भएको निर्वाचनमा लापोर्टाले ५४.३ प्रतिशत मत पाएका थिए । निर्वाचनमा ५५ हजार ६ सय ११ सदस्यले मतदान गरेको बार्सिलोनाले जनाएको छ ।
लापोर्टाले अब गत अक्टोबरमा राजीनामा दिएका जोसेफ मारिया बार्तामेउको स्थान लिनेछन् ।
लापोर्टाले क्लबमा स्टार खेलाडी लिओनल मेस्सीलाई बार्सिलोनामै राख्ने मुख्य प्राथमिकता समेत बताएका छन् ।लापोर्टा यसअघि अध्यक्ष हुँदा ब्राजिलका रोनाल्डिन्हो र क्यामरुनका सामुएल एटोलाई क्लबमा भित्र्याएका थिए । उनको कार्यकालमा बार्सिलोनाले २ च्याम्पियन्स लिग र ४ स्पानिस ला लिगाको उपाधि जितेको थियो ।