असोज ४, २०७८ सोमबार

फाइल तस्बिर

राजनीतिक आस्थाका आधारमा पदक बाँडेर विभूषणकै अपमान भएको भन्दै संविधान दिवसका अवसरमा सरकारले बाँडेका पदकहरूको धेरैले टिकाटिप्पणी गरिरहेका छन् । 

कतिले त पदक अस्वीकार गरेको घोषणा सामाजिक सञ्जालमार्फत गरेका छन् । लेखक खगेन्द्र संग्रौलाले पनि आफूलाई पदकका लागि गृहमन्त्री बालकृष्ण खाँणले फोन गरेको बताएका छन् । तर आफूले पदक अस्वीकार गरेको उनले बताएका छन् । 

‘गृहमन्त्री खाँणले पदक थाप्ने हो भनेर मलाई सोध्नुभाथ्यो’, संग्रौलाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मलाई सोध्नु नै मरो भावना र निष्ठाको लाख सम्मान हो खाँणजी, मैले भनेँ ।’

तर पदक पाएको भनेर केहीले बधाई दिएको उल्लेख गर्दै उनले भनेका छन्, ‘पदक पाएकामा भनेर मलाई पनि एकाध बधाइ आए । पाउनु र झण्डै पाउनुमा ठूलो अन्तर छ । मैले झण्डै पाएको पदकबापत आएका बधाइलाई झण्डै बधाइ मान्नुपर्ला ।’

पदकका लागि गृहमन्त्री खाँणले पाँच दिन अगाडि आफूलाई फाेन गरेकाे संग्राैलाले जानकारी दिए ।