असोज ४, काठमाडौं । अघिल्लो कारोबार दिनको तुलनामा सोमबार बजार ११४ दशमलव ४३ अङ्क अर्थात् ४ दशमलव ०७ प्रतिशतले घटेको छ ।
यस दिन बजार घट्दा कारोबारमा आएका २२५ ओटा कम्पनीमध्ये १२ ओटा कम्पनीको शेयरमूल्य उच्च दरले घटेको छ ।
यस दिन गुडविल फाइनान्स, पोखरा फाइनान्स, श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स, प्रोग्रेशिभ फाइनान्स, आँखुखोला जलविद्युत्, घलेम्दी हाइड्रो, माउन्टेन इनर्जी नेपाल, युनाइटेड इदी मार्दी आरबि हाइड्रोपावरको शेयरमूल्य अघिल्लो कारोबारको तुलनामा १० प्रतिशतले घटेको छ ।
त्यस्तै, सिइडीबी हाइड्रोपावर, जानकी फाइनान्स, खानीखोला हाइड्रोपावर र हिमालयन पावर पार्टनरको शेयरमूल्य रू. ९ दशमलव ९९ प्रतिशतले घटेको हो ।
यो दिन ती कम्पनीहरूको शेयरमा क्रेताभन्दा पनि विक्रेता हावी भएकाले कम्पनीहरूको शेयरमूल्य घटेको हो ।
बजार घटेसँगै गुडविल फाइनान्सको शेयरमूल्य प्रतिकित्ता रू. ७१८, पोखरा फाइनान्सको रू. ६१३, श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सको रू. ५१६, प्रोग्रेशिभ फाइनान्सको रू. ४२२, आँखुखोला जलविद्युतको रू. ३४७, घलेम्दी हाइड्राको रू. ३७७, माउन्टेन इनर्जी नेपालको रू. १ हजार १६८, युनाइटेड इदी मार्दीको रू. ६१४, सिइडीबी हाइड्रोपावरको रू. ९३१, जानकी फाइनान्सको रू. ६०६, खानीखोला हाइड्रोपावरको रू. ३४५ र हिमालयन पावर पार्टनरकाको शेयरमूल्य प्रतिकित्ता रू. ५४३ कायम भएको छ ।