असोज ५, २०७८ मंगलबार

काठमाडौँ, असोज ५ गते । दशैँका लागि खसीबोका र च्याङ्ग्रा खरिद गर्न खाद्य व्यवस्था तथा व्यापार कम्पनीले तयारी थालेको छ । कम्पनीले खसीबोका दुई हजार र एक हजारको हाराहारीमा च्याङ्ग्रा खरिदका लागि मुस्ताङ कार्यालयलाई निर्देशन गरिसकेको छ ।

कम्पनीका अनुसार खसीबोका र च्याङ्ग्रा खरिदका लागि छ करोड रुपियाँ विनियोजनसमेत गरिसकेको छ । कम्पनीले मूल्य बढ्ने देखेर गत वर्षभन्दा १० प्रतिशतबढी रकम विनियोजन गरेको छ ।