असोज ५, २०७८ मंगलबार

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) (NIFRA) को असोज ४ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको अन्त्यसम्मको सञ्चित मुनाफाबाट शेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

बैंकले हाल कायम चुक्ता पूँजीको ८.५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात् सो लाभांश वितरण गरिनेछ।