फागुन २४, २०७७ सोमबार

एजेन्सी

एजेन्सी ;  इटालियन सिरी ए फुटबलमा एसी मिलानले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा दोस्रो स्थानको एसी मिलानले घरेलु टोली भेरोनामाथि २–० गोलको सहज जित निकालेको हो । 

मिलानको जितमा क्रुनिसी र डालोट टेक्सीराले समान एक एक गोल गरे । पहिलो हाफको २४औ मिनेटमा कु्निसीको गोलबाट अग्रता बनाएको मिलानले दोस्रो हाफको ५०औ मिनेटमा डोलोटले गोल गरी पाहुना टोली मिलानलाई २–० गोलको सहज जित दिलाए ।
उक्त जितसँगै कुल २६ खेल खेलेको मिलानको ५६ अंक पुगेको छ । मिलान शिर्ष स्थानको इन्टर मिलान भन्दा ३ अंकले पछि परेको छ । यता पराजित भेरोनाको भने २६ खेलबाट ३८ अंकसहित ८औ स्थानमा रहेको छ ।