असोज ५, २०७८ मंगलबार

साताको कारोबारको तेस्रो दिन आज (मंगलबार) सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार सुन आज तोलामा ३ सय रुपैयाँले बढेको हो । छापावाला सुन आज नेपाली बजारमा प्रतितोला ८९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । यता तेजावी सुन आज प्रतितोला ८८ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै चाँदी आज तोलामा ५ रुपैयाँले बढेर प्रतितोला ११ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।