फागुन २४, २०७७ सोमबार


काठमाडौं।
 ‘आँधी तुफान–२’मा खलनायकको भुमिकामा कनिज कोइराला देखिने भएका छन् । साउथ सुपरस्टार प्रभासको फिल्म ‘साहो’मा भिलेनको रुपमा देखिएका कनिजसँग ‘आँधी तुफान–२’ अभिनयका लागि एग्रिमेन्ट भइसकेको फिल्मका निर्माता मौनता श्रेष्ठले बताए । श्रेष्ठले ‘आँधी तुफान–२’ अभिनयका लागि केही समयपछि कनिज नेपाल आउन लागेको समेत जानकारी दिए ।उनी अहिले भारतको हैदराबादमा रहेका छन् ।

‘आँधी तुफान–२’मा भिलेन नयाँ रुपमा पस्कने उद्देश्यले कनिजलाई लिईएको हो । कनिज हेर्दैमा भिलेन लुक्स परेका छन् । २०६३ सालमा बनेको हिट फिल्म ‘आँधी तुफान’को सिक्वेलको रुपमा बन्न लागेको यो फिल्म महिला कलाकारको एक्सनले भरिएको हुनेछ ।