काठमाण्डौ।
काठमाडौं उपत्यकाभित्रै दुई नयाँ केबलकार कम्पनी दर्ता भएका छन्।ललितपुरको फुल्चोकी र काठमाडौंको नागार्जुन नगरपालिकामा केवलकार सेवा सञ्चालन गर्नेगरी कम्पनी दर्ता भएका हुन्।
उद्योग विभागमा दर्ता भएको कम्पनी विवरणअनुसार फुल्चोकी केबलकार कम्पनीले ६६ करोड लगानी गर्ने उल्लेख गरेको छ।
त्यस्तै काठमाडौंको नागार्जुन नगरपालिकामा स्थापना हुनेगरी भ्यू नागार्जुन केवलकार कम्पनी दर्ता भएको छ। यसले पनि ६६ करोड लगानी हुने उल्लेख गरेको छ।