फागुन २४, २०७७ सोमबार


काठमाण्डौ।
नेपाली क्रिकेट  समर्थकहरुको सबैभन्दा ठुलो र पुरानो फेसबुक समुह ‘नेपाली क्रिकेट फ्यान अन फेसबुक’ नामक फेसबुक समुहले नेपाली क्रिकेटका लागि भएका हरेक गतिबिधिमा साथ दिने क्रममा चितवनमा निर्माणाधिन गौतम बुद्ध क्रिकेट रंगशालाले केहि दिन अघिबाट संचालनमा ल्याएको ‘म बनाउछु मेरो रंगशाला’ अभियान अन्तर्गतको मेरो कुर्सी अभियानमा एक कुर्सी समुहको नाममा लिने १ लाख संकलन पुरा गरेको छ । हामीले एउटा कुर्सी समूहको नाममा लिने गरि संचालनमा ल्याएको अभियान त पुरा भयो तर यस्ता अभियान भने निरन्तर चलिरहने समूहका सिनियर एडमिन सागर खरेलले जानकारी दिनु भयो । 

संकलित रकम केही दिनमा नै फाउन्डेसनलाई हस्तान्तरण हुने खरेलले बताए ।

“नेपाली क्रिकेटको विकास र सकारात्मक परिवर्तनमा यस समुहको सधै सकारात्मक र सहयोगि भुमिका रहेको छ। धुमुर्स सुन्तली फाउन्डेसनले सुरुवात गरेको रंगशाला बनाउन ठुलो कार्यको सानो तर महत्वपुर्ण साथका रुपमा यसलाई बुझ्न जरुरी रहेको छ।यस्ता सहयोग हरेक क्षेत्रबाट आउनु जरुरी रहेको छ ” खरेलले हामीसॅंगको संवादमा बताए। 

“हामीले यस निर्माणाधिन रंगशालालाई मेरो भनेर सहयोग गरौ यसले समयमा नै मुर्तता पाउने छ । यो रंगशाला तपाई हाम्रो नै सहयोगमा बन्ने हुनाले सकेको सहयोग गर्न हरेक लाग्न जरुरी रहेको छ ” खरेलले बताए।