असोज ६, २०७८ बुधबार

नयाँ दिल्ली, असोज ६ गते । प्रधानमन्त्री नरेन्द्र मोदी संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न र क्वाड शिखर सम्मेलनमा भाग लिन संयुक्त राज्य अमेरिकाको तीन दिनको भ्रमणका क्रममा बुधवार प्रस्थान गरेका छन् ।

साथै मोदीले ह्वाइटहाउसमा अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेटवार्ता गर्ने छन् ।

आगामी सेप्टेम्बर २४ का दिन ह्वाइट हाउसमा प्रधानमन्त्री मोदीको अमेरिकी राष्ट्रपति बाइडेनको भेटवार्ता हुने समाचारमा जनाइएको छ । गत २० जनवरीमा अमेरिकी राष्ट्रपति पद बाइडेन सम्हालेपछि यी दुई नेताबीच पहिलो व्यक्तिगत भेटवार्ता हुन लागेको भारतीय विदेश सचिव हर्षवर्धनले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।