असोज ७, २०७८ बिहिबार

 सुनको भाउ तोलामा ५ सय रुपैयाँ घटेको छ ।

सुन आज तोलामा ५ सय रुपैयाँले घटेर तोलाको ८९ हजार  ६ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा ९० हजार एक सय रुपैयाँ तोकिएको थियो । चाँदीको भाउ पनि आज तोलामा १० रुपैयाँले घटेर तोलाको ११ सय ५५ मा रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।