असोज ७, २०७८ बिहिबार

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बिहीबार देशभर १ हजार २३९ जना कोरोनाभाइरस सङ्क्रमितहरू थपिएका छन् । १५ हजार २४३ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ९४१ र एन्टिजेन विधिबाट २९८ जनामा सङ्क्रमण थपिएका हुन् । हाल देशभर २० हजार ७४३ जना सक्रिय सङ्क्रमित रहेका छन् । जसमध्ये १९ हजार ४३७ जना होम आइसोलेसन, १ हजार ३०६ जना संस्थागत आइसोलेसनमा, ३४० जना आइसीयूमा र १११ जना भेन्टिलेटरमा रहेका छन् ।

यही अवधिमा १ हजार ३२४ जना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म कूल सङ्क्रमितमध्ये ७ लाख ५६ हजार ९५४ जना निको भइसकेका छन् । नेपालमा निको हुने दर ९६ प्रतिशत पुगेको छ । कोभिड–१९ को सङ्क्रमणबाट थप १३ जनाले ज्यान गुमाएका छन् । हालसम्म ११ हजार ७२ जनाले ज्यान गुमाइसकेका छन् । नेपालमा मृत्यु दर १.४ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा थप १ लाख ३८ हजार ३८५ जनाले कोरोनाभाइरसविरुद्धको खोप लगाएका छन् । हालसम्म ५८ लाख ६० हजार ९२९ जनाले पूर्ण मात्रा र ६२ लाख ९३ हजार ८९ जनाले पहिलो मात्रा खोप लगाइसकेका छन् ।