असोज ७, २०७८ बिहिबार

 पाकिस्तानी क्रिकेट स्टार शाहिद अफ्रिदी काठमाण्डौ आइपुगेका छन् । पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान अफ्रिदी एभरेस्ट प्रिमियर लिग ९ईपीएल० खेल्नका लागि आज बिहीवार दिउँसो काठमाण्डौ आइपुगको हुन् । 

यही शनिवारदेखि सुरु हुने प्रतियोगिताका लागि अफ्रिदी केही बेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । आयोजक संस्थाका अधिकारीले उनलाई विमानस्थलमा स्वागत गरे । 

अफ्रिदीले काठमाण्डौ किङ्ग्स–११ बाट चौथौ संस्करणको एभरेस्ट प्रिमियर लिग ९ईपीएल० टी–२० क्रिकेट प्रतियोगिता खेल्ने छन् । 

४४ वर्षीय अलराउण्डर अफ्रिदीले २७ टेस्टमा एक हजार सात सय १६ रन, तीन सय ९८ एकदिवसीयमा आठ हजार ६४ रन र ९९ टी–२० मा एक हजार चार सय १६ रन बनाएका छन् । यस्तै उनले टेस्टमा ४८ विकेट, एकदिवसीयमा तीन सय ९५ विकेट र टी–२० मा ९८ विकेट लिएका छन् ।

चौथो संस्करणको ईपीएल आउँदो शनिवार ९ गतेदेखि २३ गतेसम्म त्रिवि क्रिकेट मैदानमा हुनेछ । प्रतियोगितामा काठमाण्डौसहित ६ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।