असोज ८, २०७८ शुक्रबार

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना सङ्क्रमणदर ८.९ प्रतिशत रहेको छ । गत २४ घन्टामा पिसिआर विधिबाट परीक्षण भएका ११ हजार ६ सय २९ वटा नमुनामध्येमा ९ सय ४१ वटामा कोरोना पुष्टि भएको हो। 

पिसिआर र एन्टिजेन दुवै परीक्षणबाट पनि ८.१ प्रतिशतमा कोरोना सङ्क्रमणदर देखिएको छ। थप सङ्क्रमितसहित नेपालमा कुल सङ्क्रमित सङ्ख्या ८ लाख ७८ हजार ६ सय ७६ पुगेको छ।  

सङ्क्रमितमध्येमा २० हजार ७ सय ४३ जना सक्रिय सङ्क्रमित छन् भने १९ हजार ४ सय ३७ जनाको होम आइसोलेसनमा उपचार भइरहेको छ। तीमध्ये १३ सय ६ जनाको संस्थागत आइसोलेसनमा उपचार भइरहेको छ। 

तीमध्येमा ३ सय ४० जनाको आइसियुमा उपचार भइरहेको छ। बिहीबार थप १३ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ। थप मृतकसहित नेपालमा ११ हजार ७२ जना मृतक सङ्ख्या पुगेको छ। गत २४ घन्टामा काठमाडौं उपत्यकामा थप ४ सय ५ जनामा कोरोना पुष्टि भएको छ।