बेरोजगार महिलालाई व्यास नगरपालिकाले अनुदान दिन मापदण्ड पारित गरेको छ। नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा आज बसेको नगरपालिकाको बैठकले अनुदान प्राप्त गर्नका लागि स्नातक उत्तीर्ण गरेको मापदण्ड तोकेको छ ।
नगरपालिकाअन्तर्गत कार्यरत बालविकास शिक्षक, माध्यमिक विद्यालयका लेखापाल र विद्यालयका कार्यालय सहयोगीलाई क्रमशः १५ हजार १०० र रु १४ हजार ५०० श्रावण महिनादेखि पारिश्रमिक उपलब्ध गराउने निर्णय गरेको नगरपालिकाका सूचना प्रविधि अधिकृत विशाल पण्डितले जानकारी दिए। त्यस्तै फोहाेरमैलाबाट ऊर्जा उत्पादन गर्न विभिन्न अनौपचारिक प्रस्ताव आइरहेको हुँदा इच्छुक कम्पनी वा संस्थासँग लागत साझेदारीका आधारमा नियमानुसार प्रस्ताव माग गर्ने निर्णय भएको छ।