फागुन २४, २०७७ सोमबार


काठमाण्डौ।
भारतीय  कम्पनी सेभेनले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटलाई प्रायोजन गरेको छ । यो भारतिय पुर्व कप्तान महेन्द्र  सिँह धोनी यस कम्पनकिा मालिक हुन् ।
यो कम्पनी सेभेर्न ईपिएलको सहप्रायोजको रुपमा ईपीएलसँग जोडिएको हो ।

खेलकुदका सामाग्री उत्पादक रहेको यस कम्पनीले ईपिएलमा सहभागी खेलाडीहरुलाई खेलकुद सामाग्री उपलब्ध गराउने छ ।चौंथो संस्करणको ईपीएल आगामी बर्ष असोजमा आयोजना हुनेछ ।ईपीएलको यस मितिलाई नेपाल क्रिकेट संघ (क्यान) ले समेत स्वीकृति दिएको छ ।

 कोरोना भाईरसका कारण गत बर्ष हुन नसकेको प्रतियोगतिाको पहिलो संस्करण २०१६ मा भएको थियो ।

प्रतियोगिताको साविक विजेता ललितपुर प्याट्रीयट्स हो । प्याट्रीयट्ससँगै प्रतियोगितामा  काठमाडौं किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्ल्याडियटर्स र विराटनगर वारिवर्स सहभागी रहने छन् ।