काठमाडौं ; जारी सहिद स्मारक बी डिभिजन लिग फुटबलको शीर्ष स्थानमा रहेको सातदोबाटो युथ क्लबले पहिलो हार व्यहोरेको छ ।
सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा मध्यपुर युथ एसोसियसनसँग २-१ गोल अन्तरले पराजित हुँदै सातदोबाटोले पहिलो हार व्यहोरेको हो ।
मध्यपुरको जितमा कैलाश लामिछाने खत्री र सन्नी लामाले एक एक गोल गरे । सातदोबाटोका माल्डिना आङथुपुले एक सान्तवना गोल फर्काए ।
जारी खेलको २६ औं मिनेटमा कैलाशको गोलबाट मध्यपुरले सुरुवाती अग्रता बनाएको थियो ।
खेलको ५० औं मिनेटमा माल्डिनाले गोल गर्दै सातदोबाटोलाई १-१ गोलको बराबरीमा फर्काए ।
पहिलो हाफामा एक एक गोलका्े बराबरी सकिएको खेलको ५८ औं मिनेटमा सन्नीले गोल गर्दै मध्यपुरलाई २-१ को जित दिलाए ।
उक्त जितसँगै मध्यपुरले १० खेलमा १३ अंक जोडेको छ । मध्यपुर छैटौं स्थानमा उक्लिएको छ ।
यता मध्यपुरसँग पराजित भएपनि सातदोबाटो १० खेलमा २५ अंक जोडेर शीर्ष स्थानमा यथावत रहेको छ । सातदोबाटो यस अघि दुई खेल अगाबै एु डिभिजनमा बढुवा समेत भईसकेको छ ।