असोज ८, २०७८ शुक्रबार

कामना सेवा विकास बैंकले ग्राहकको हितलाई ध्यानमा राख्दै छिटो कनेक्ट र मनम इन्फोटेकको सहकार्यमा केएस डिजी (डिजिटल वालेट) सेवा सञ्चालनमा ल्याएको छ।

यस सेवाको प्रयोग गरी बैंकमा खाता नभएकाहरूले पनि घरमै बसेर केही कागजात अपलोड गरी ‘केएस डिजी’ वालेट खोल्न सकिनेछ।
बिहीबार एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतले उक्त वालेट सेवा शुभारम्भ गरेका हुन्।

डिजिटल वालेट खोल्न एपमा Face Recognition  गर्न सक्ने Artificial Intelligence (AI) को प्रयोग भएको छ। साथै, Account Opening, Loan Application, Inter Operable QR, mCash लगायत बैकिङ सेवा तथा सुविधा छन्।

काठमाडौं–३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागमा १२९ वटा शाखा, १ वटा एक्सटेन्सन काउन्टर तथा ७६ वटा एटीएममार्फत ग्राहकलाई सेवा–सुविधा प्रदान गर्दै आएको छ।