असोज ८, २०७८ शुक्रबार

माछापुच्छ्रे बैंकले आफ्नो २१औँ वार्षिकोत्सवको अवसरमा ग्राहकलाई २१ प्रतिशत क्यास ब्याक र दैनिक उपहारको बहार ल्याएको छ।

यो अफर असोज ८ गतेदेखि १७ गतेसम्मका लागि लागू हुनेछ। जसअन्तर्गत ग्राहकले डेबिट वा क्रेडिट कार्डबाट पिओएस वा इ–कमर्स साइटमा कार्डबाट कम्तीमा ३ वटा कारोबार गरी दैनिक २१० सम्म र अफर अवधि भर अधिकतम २१ सयसम्मको क्यास ब्याक पाउन सक्नेछन्।

क्यास ब्याकको अतिरिक्त ग्राहकले दैनिक आकर्षक उपहार पनि जित्न सक्नेछन्। आकर्षक उपहारमा अल्काटेलको ट्याब्लेट, सिजीको माइक्रोओभन, सामसुङ माइक्रोओभन, इन्टेक्स ग्यास स्टोभ, पोलोरोइड क्यामरा, विभिन्न होटल तथा रेस्टुरेन्टबाट प्रि गिफ्ट कुपन ट्राभल प्याकेज, फुडमाण्डुबाट गिफ्ट भौचर, भेस्पा स्कुटरको तर्फबाट हेल्मेट, ज्याकेटलगायत थ्रुपै उपहार छन्।

यसबाहेक सेल्सवेरीमा भुक्तानी गर्दा सेल्सवेरीको तर्फबाट हरेक दिन ५ हजारसम्मको गिफ्ट भौचर पनि जित्न सकिनेछ। वल्र्डलिंक, कल्पमार्ट, ग्यापु र ‘जिभी साथी’ को तर्फबाट समेत अफर अवधिभर दैनिक गिफ्ट भौचर जित्न सकिनेछ। क्रतोस टेक्नोलोजीको तर्फबाट विभिन्न ग्याजेट र दराज बाट खरिद गर्दा ४ सय १० रुपैयाँसम्मको डिस्काउन्ट पनि पाउन सकिनेछ।

डेबिट र क्रेडिट कार्डबाहेक बैंकको मोबाइल बैंकिङबाट अफर अवधि भर कुनै पनि कारोबार गर्ने ग्राहकमध्येबाट एक जनाले मेगा बम्पर उपहार स्वरुप फोनपेको तर्फबाट सामसुङ ग्यालेक्सी एस २१ फोन प्राप्त गर्न सकिने जनाएको छ।