असोज ९, २०७८ शनिबार

 पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३११ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १९८, भक्तपुरमा ४० र ललितपुरमा ७३ जना कोरोना संक्रमित थपिएका हुन्।

यस्तै पछिल्लो २४ घण्टामा देशभर थप ९५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ६ जना संक्रमितको मृत्यु भएको छ।

शनिबार १ हजार ३७१ कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर १९ हजार ७०० सक्रिय संक्रमित रहेका छन्।

गत चौबीस घन्टामा ७ हजार ५० पीसीआर तथा ३ हजार ५२९ एन्टिजेन परीक्षण भएको छ।