असोज १०, २०७८ आइतबार

कञ्चनपुर । जिल्लाको कृष्ण वैजनाथ बहुमुखी क्याम्पसमा पहिलोपल्ट एमबिएसको पढाइ हुने भएको छ । आर्थिक वर्ष २०७८/७९ देखि स्नातकोत्तरमा एमबिएसको पठनपाठन सुरु हुने क्याम्पस प्रशासनले जनाएको छ ।

शुक्ललाफाँटा नगरपालिका वडा नं-१० स्थित झलारीकै अग्रणी क्याम्पसमा एमबिएस पढाइका लागि अनुमति प्राप्त भएको क्याम्पस प्रमुख गणेश ऐरले बताए । उनका अनुसार त्रिभुवन विश्वविद्यालयले सम्बन्धन दिएपछि गाउँको क्याम्पसमा यसै शैक्षिक सत्रबाट पढाइ सुरु हुनेछ ।

क्याम्पसमा शिक्षाशास्त्र संकाय र व्यवस्थापनमा यसअघि स्नातकको पढाइ हुँदै आएको छ ।

एमबिएसको पढाइ सुरु गरिएसँगै स्नातक सकेर बसेका विद्यार्थी सदरमुकाम जानुपर्ने बाध्यता अन्त्य भएको बताइएको छ ।