असोज १०, २०७८ आइतबार

 साताको पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेर ८९ हजारमा कारोबार भइरहेको छ।

गत शुक्रबार छापावाला सुनको मूल्य तोलाको ८९ हजार ६ सय रुपैयाँ थियो।

तेजाबी सुनको मूल्य पनि तोलामा ६ सय रुपैयाँले घटेर ८८ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेर ११ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।