असोज १०, २०७८ आइतबार

नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार सेयर बजार परिसूचक नेप्सेमा ६१ अङ्क माथिले गिरावट आएको छ ।  आज परिसूचक ६१.२७ अङ्कले घटेर २७ सय ५८.४८ विन्दुमा झरेको हो । गत हप्ताको बिहीबार नेप्से परिसूचक २ अङ्कले बढेर २८ सय १९ विन्दुमा अड्किएको थियो । 

नेप्सेका अनुसार आज साताको पहिलो कारोबार दिन समेत रहेको आइतबार ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्ससमेत अधिकतम् १०.७० अङ्कले घटेर ५१९.३६ विन्दुमा झरेको छ ।  यस दिन सबैजसो समूहहरू ऋणात्मक हुँदा एउटै मात्र म्युचुअल फण्ड ग्रीन जोनमा परेको छ । आज म्युचुअल फण्ड समूहको उप–सूचक ०.२१ प्रतिशतले वृद्धि भएको छ भने सबैभन्दा बढी फाइनान्स समूहले ५.८९ प्रतिशतले गुमाएको छ । 

कुल २३३ कम्पनीको एक करोड ४४ लाख कित्ता माथिको सेयर ७३ हजार ६९३ पटक किनबेच भएको बजारमा आज ६ अर्ब ५० करोड रुपैयाँको कारोबार भएको छ ।