असोज ११, २०७८ सोमबार

आईएमईले पर्व लक्षित दशैँ डबलको डबलको डबल अफर अन्तर्गत पहिलो हप्ताको विजेता सार्वजनिक गरेको छ । सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत नतिजा सार्वजनिक गर्दा केशव दमाई र विशाल अधिकारी विजेता घोषित हुनुभएको कम्पनीले जनाएको छ ।   गएको शुक्रवार आयोजित फेसबुक लाइभ मार्फत नजिता सार्वजनिक गरिएको थियो । 

उहाँहरूले संयुक्त अरब इमिरेट्स यूएई र कतारबाट अफर अवधिमा ४१ हजार ५०७ र  ४८ हजार २० रुपैयाँ नेपालमा रहेका आफन्तलाई पठाउनु भएको थियो । अफर अनुसार आईएमईले उहाँहरुका आफन्तलाई  ८३ हजार १४ र ९६ हजार ४० रुपैयाँ उपहार स्वरुप दिएको छ । 

आईएमईले पर्व लक्षित दशैँमा डबलको डबलको डबल अफर असोज १ गतेदेखि कार्तिक २६ सम्म कायम हुने गरी कुल ५७ दिनका लागि ल्याएको छ । 

अफर अनुसार विदेशबाट पठाइएको रकम आईएमईका ३५ हजारभन्दा बढी एजेन्टहरु वा ुआईएमई पेुमोबाइल वालेटमा प्राप्त गर्दा वा बैंक ट्रान्सफर गर्दा हरेक हप्ता दुई जनालाई पठाएको रकमको डबल, हरेक महिना दुई जना भाग्यशाली सेवाग्राहीहरुलाई पठाएको रकमको डबलको डबल ९चौगुणा० प्रदान गर्ने योजना रहेको छ । 

यस्तै बम्परमा एक जना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको आठ गुणासम्म रकम पुरस्कार स्वरूप प्रदान गरिने योजना रहेको छ । आईएमई पेुमा रकम प्राप्त गर्दा २ सय रुपैयाँ थप बोनसको व्यवस्था मिलाइएको छ । 

अफर अवधिमा भाग्यशाली विजेता छनोटका लागि कम्पनीले निश्चित सेवा र सर्तहरू निर्धारण गरेको छ । कम्पनीले सेवा र सर्तअनुसार भाग्यशाली विजेताको छनोट प्रविधिमा आधारित ‘लक्की ड्र’ मार्फत गर्नेछ ।

आईएमईका संस्थापक, आईएमई ग्रुपमा कार्यरत कर्मचारीहरू, आईएमईका व्यावसायिक साझेदार (एजेन्ट पार्टनर) तथा आईएमई सम्बद्ध कुनै पनि व्यक्ति यो योजनामा सहभागी हुन नपाउने छन्। सेवाग्राहीहरुले आईएमईको जुनसुकै एजेन्ट सञ्जालमार्फत रेमिटेन्स कारोबार गरेको भौचरको सक्कलप्रति योजना घोषणा अवधिसम्म सुरक्षित राख्नुपर्ने कम्पनीले जनाएको छ । छनोटमा परेका विजेताको सिफारिसमा नेपालमा बस्नु हुने आफन्तलाई पुरस्कार रकम प्रदान गर्न सकिने भएको छ ।

योजनाको सर्वाधिकार सम्बन्धित कम्पनीमा नै निहित हुनेछ । कम्पनीले सञ्चालन गरेको आधिकारिक वेभ पेज, सामाजिक सञ्जाल पेज, आमसञ्चार माध्यम, सहकार्यमा रहेका व्यावसायिक साझेदार ९एजेन्ट पार्टनर०, क्षेत्रीय सम्पर्क कार्यालय र केन्द्रीय कार्यालयमार्फत नतिजा सार्वजनिक गर्ने छ ।