असोज ११, २०७८ सोमबार

ट्राफिक नियम उल्लङ्घन गर्ने १६ सय जनाभन्दा धेरै कारबाहीमा परेका छन् ।

काठमाण्डौ उपत्यकामा गएको २४ घण्टामा १ हजार ६ सय ७२ जना कारबाहीमा परेका महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

ढोका खुला राखेर गाडी चलाउने, जथाभाबी गाडी रोकेर यात्रु चढाउने र ओराल्ने, पाटपुर्जा बिग्रिएका गाडी चलाउने, रातो बत्तीमा नरोकिने नम्बर प्लेट स्पष्ट नभएको र जाँडरक्सी खाएर गाडी चलाउने, सडक लेन अनुशासन उल्लङ्घन गर्ने लगायतका  १ हजार ६ सय ७२ जनालाई कारबाही गरिएको हो।  

ट्राफिक नियम उल्लङ्घन गर्नेलाई ५ सयदेखि १५ सय रुपैयाँसम्म जरिबाना हुँदै आएको छ ।