असोज ११, २०७८ सोमबार

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ । छापावाल सुन आइतबार प्रतितोला ८९ हजारमा कारोबार भएको थियो।  

छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार ३ सय रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ८५० तोकिएको छ। तेजाबी सुन आइतबार प्रतितोला ८८ हजार ५५० मा कारोबार भएको थियो।  

महासङ्घका अनुसार चाँदीको मूल्य आइतबारका तुलनामा आज प्रतितोला रु १० ले बढेको छ। आइतबार प्रतितोला रु एक हजार १५० मा कारोबार भएको चाँदी आज प्रतितोला एक हजार १६० तोकिएको हो।

अन्तरराष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ। अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७५९ दशमलव १४ अमेरिकी डलरमा कारोबार भइरहेको छ जुन समयसमय परिवर्तन भइरहन्छ।