असोज ११, २०७८ सोमबार

खाद्य व्यवस्था तथा व्यापार कम्पनी नेपालगन्जले पहाडी जिल्लामा दसैं अगावै ३८ हजार क्विन्टल चामल पठाउने तयारी थालेको छ। लुम्बिनी र कर्णालीका २१ स्थानमा चामल ढुवानी गर्न थालिएको हो।

लुम्बिनीका दाङ, रोल्पा, प्युठान र कर्णालीका हुम्ला, मुगु, डोल्पा, सुर्खेत, रुकुम पश्चिम, जाजरकोट, जुम्ला, कालीकोटलगायतका जिल्लामा चामल पठाउने तयारी गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ। अहिले यी जिल्लामा चामलको माग अत्यधिक छ। निजी क्षेत्रभन्दा सरकारी चामल सस्तो हुँदा यी जिल्लामा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको चामलको माग बढ्दै आएको छ।