कञ्चनपुर । नेपाल किसान संघले छ बुँदे माग राख्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ । संघले विगतदेखि किसानले भोग्दै आएका मागहरूको सम्बोधन गरिदिन भन्दै प्रधानमन्त्रीलाई प्रमुख जिल्ला अधिकारीमार्फत उक्त ज्ञापनपत्र बुझाएको हो ।
यी हुन् मागहरू :
१.धानको (कृषि उपज) मूल्य निर्धारण भइसक्नुपर्नेमा हालसम्म पनि नभएकाले किसानलाई मार्का नपर्ने गरी लागतका आधारमा अविलम्ब उचित मूल्य निर्धारण गरियोस् ।
२. धान खरीद केन्द्र डिपो खोलियोस् । कञ्चनपुर जिल्लाको हकमा महाकाली नगरपालिकालगायत विभिन्न ठाउँमा धान खरीद केन्द्र डिपो अविलम्ब खोलियोस् । किसानलाई उन्नत जातका बीउबिजन सरल र सुलभ तरिकाबाट अविलम्ब उपलब्ध गराउन व्यवस्था मिलाइयोस् ।
३. किसानलाई तत्काल रासायनिक मलको आपूर्ती गरियोस् ।