असोज १२, २०७८ मंगलबार

गत आर्थिक वर्ष २०७७/०७८ मा चौधरी ग्रुपले १४ अर्ब २८ करोड रूपैयाँ राजस्व तिरेको छ ।

ग्रुपले आव २०७४–७५ मा ९ अर्ब ६७ करोड राजस्व बुझाएकामा त्यसको तीन वर्षपछि यो रकम १४ अर्ब २८ करोड पुर्‍याएको छ। ग्रुपले सरकारको कुल राजस्वमा आफ्नो योगदान १.७३ प्रतिशत भएको दाबी गरेको छ। 

गत वर्ष कोभिडका कारण ग्रुपद्वारा सञ्चालित सिजी इन्डस्ट्रियल पार्कमा रहेका उद्योग करिब दुई महिना बन्द भएको बताइएको छ।