असोज १२, २०७८ मंगलबार

एभरेस्ट प्रिमियर लिग (इपिएल) मा सोमबार बिहान ९ः३० बजेका लागि तय भएका दुवै खेल रद्द भएका छन् । अघिल्लो दिन परेको वर्षाका कारण मैदान ओसिलो भएपछि खेल्न सम्भव नहुँदा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तरराष्ट्रिय क्रिकेट मैदानमा काठमाडौं किङ्स इलेभेन र विराटनगर वारियर्सबीचको खेल रद्द भएको थियो।

पटकपटकको निरीक्षणमा पनि मैदान खेल्न लायक नभएपछि अन्ततः काठमाडौँका कप्तान सन्दीप लामिछाने र विराटनगरका कप्तान करण केसी खेल स्थगित गर्न सहमत भएका थिए। प्रतियोगिताअन्तर्गत मंगलबार काठमाडौं र पोखरा आमनेसामने हुँदै छन्।