असोज १२, २०७८ मंगलबार

 सुनको भाउ आज फेरि घटेको छ । हिजो तोलामा ३ सय रुपैयाँले बढेको सुनको भाउ आज तीन सय रुपैयाँले नै घटेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ८९ हजार रुपैयाँ तोकिएको छ । यस्तै, आज चाँदीको भाउ  पनि घटेको छ । तोलामा ५ रुपैयाँले घटेर चाँदी ११ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।