असोज १२, २०७८ मंगलबार

 साताको तेस्रो दिन मंगलबार पनि सेयर बजार ओरालो लागेको छ।

आज सेयर बजार ७०.०१ अंकले ओरालो लागेको हो।

आज २.६१ प्रतिशतले सेयर बजार ओरालो लाग्दा नेप्से परिसूचक २ हजार ६ सय १५.४० विन्दुमा ओर्लिएको हो।

आज १ करोड ३० लाख ३४ हजार ८ सय २८ कित्ता सेयर ५ अर्ब ७४ करोड ५४ लाख ८८ हजार १ सय ७९ रुपैयाँमा कारोबार भएको नेप्सेले जनाएको छ।

यस्तै आज पनि सबै समूह घटेका छन्। सबैभन्दा धेरै जीवन बीमा समूह ४३१.९१ अंकले घटेको छ।