असोज १२, २०७८ मंगलबार

साङ्केतिक तस्बिर

एजेन्सी । सार्वजनिक शक्ति र सम्पत्तिको दुरूपयोग गरेको  भन्दै अल्जेरियाका राष्ट्रपति अब्डेलाजिज बौटेफ्लीकाको कार्यकालमा प्रधानमन्त्री भएका दुई नेतालाई अदालतले सजाय तोकेको छ । पूर्व प्रधानमन्त्री अहमद ओयुयाहीयालाई छ वर्ष र अर्का पूर्व प्रधानमन्त्री अब्डेल्मालेख सेल्लाललाई पाँच बर्ष जेल बस्नुपर्ने भनिएको छ।  

उनीहरूलाई सार्वजनिक शक्ति र सम्पत्तिको दुरूपयोग गरी भ्रष्टाचार गरेको लगायतका मुद्दा लगाइएको समाचारमा जनाइएको छ। सरकारी अधिकारीहरूका लागि राज्यले बनाउन लागेको आवासीय भवन बनाउने क्रममा अनियमितता गरेको विषयलाई मुख्य मुद्दा बनाइएको छ।  

पूर्व प्रधानमन्त्री ओयुयाहीया सन् १९९५ देखि २०१९ सम्ममा पटकपटक गरेर चार पटक प्रधानमन्त्री बनेका थिए।  

त्यसैगरी अर्का पूर्व प्रधानमन्त्री सेल्लालले सन् २०१४ देखि २०१७ सम्म प्रधानमन्त्रीकारुपमा सरकारको नेतृत्व गरेका थिए।