काठमाण्डौ।
राजधानीमा जारी पहिलो संस्करणको काठमाण्डौ मेयर कप एकदिवसिय क्रिकेट प्रतियोगितामा मंगलबार(आज)२ खेल हुनेछ। मुलपानी र टियु क्रिकेट मैदानमा हुने छ। टियु मैदानमा हुने खेलमा अपराजित टोली नेपाल एपिएफ क्लब र लगातारको हार ब्यहोरि प्रतियोगितामा अर्को चरण पुग्न संघर्षरत बागमती प्रदेशबिच खेल हुनेछ।
आजको खेलमा एपिएफ क्लबले जित हात पारे उसको फाईनलमा स्थान लगभग पक्का हुदा आजको खेलमा जित हात पारी बागमती प्रदेश पनि अर्को चरणमा पुग्नेझिनो आशा कायमै राख्ने छ।
उता मुलपानी मैदानमा विभागिय डर्बिमा नेपाल पुलिस क्लब र नेपाल आर्मी क्लब आमने सामने हुने छन्। समान रुपमा १ मा जित र १ मा हार व्यहोरेका आर्मी र पुलिसका लागि अर्को चरण पुग्न यस खेल महत्वपुर्ण रहेको छ।
काठमान्डौ मेयर ११ नेपाल आर्मी क्लबसॅंग हिजोको खेलमा पराजित भएको थियो।