फागुन २५, २०७७ मंगलबार

धनकुटा जिल्लाको पाख्रीवासस्थित संसारीमाई सिमसार क्षेत्रमा भिडियो छायाङ्कन गरिएको “चट्ट कपाल कोरेर“ बोलको गीत सार्वजनिक गरिएको छ । 

जिल्लाका पर्यटकीय स्थलहरुको प्रचार प्रसारमा समेत टेवा पुर्याउने लक्षका साथ संसारीमाई सिमसार क्षेत्र पाख्रीवासको दृष्य भिडियोमा समावेश गरिएको यो गीत धनकुटा खवरको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो । चट्ट कपाल कोरेर, दुबै मिली, सुख दुःख जे भएनी जस्ता उत्कृष्ट गीत र रिङब्याक टोन पनि एक्टिभ गरिसकिएको प्रोडक्सन म्यानेजर मोहन राईले जानकारी दिए ।
यस्तै गीतमा कम्मेन्ट गरि सल्लाह, सुझाब लगायत प्रतिक्रिया दिने पाँच ९५० जनालाई मोवाईल रिचार्ज पुरस्कृत गरिने प्रोडक्सन म्यानेजर राईले जानकारी दिए यस गीतमा दुई हप्ताको समयावधिमा आएका वा गरिएका कमेन्ट सल्लाह, सुझाब, प्रतिक्रिया मध्ये जस्को कमेन्टमा वढि लाईक आउछ उस्लाई रु १–१ हजारको दरले ५ जनालाई मोवाईल रिचार्ज लगाएर पुरस्कृत गरिने प्रोडक्सन म्यानेजर राईले जानकारी दिए । यदि समान लाईक आएको खण्डमा समान लाईक आउनेहरुको नाम लक्की ड्र मार्फत छनौट गरिने र नाम छनौटमा परेकाहरुको मोवाईल रिचार्ज पठाईने छ । विजेताको नाम छनौट भैसकेपछि पुरस्कार जित्ने व्यत्तिले धनकुटा खबरको मेलमा आफ्नो नाम, ठेगाना र मोवाईल नं नागरिकताको फोटोकपी पठाउनु पर्ने छ ।

चर्चित गायक किरण भुजेलको आवाज रहेको उक्त गीतमा विष्णु विक्रम निरौलाको शब्द रहेको छ । यम के निरौलाको संगित रहेको उक्त गीतमा विशाल निरौलाको एरेञ्ज र मिक्सिङ रहेको छ । सुमन योगी र सिम्रन कार्कीको दमदार अभिनय रहेको उक्त गीतमा वालकलाकार ईतुषा लिम्वुको भुमीका पनि उत्तिकै गहन रहेको छ । प्रनेश राई यात्री ब्रोज ले क्यामेरामा कैद गरेको उक्त भिडियोको नृत्य निर्देशन विशेष लामा गुरुङले गरेका छन भने सम्पादन तथा निर्देशन गीतकार स्वंय विष्णु विक्रम निरौलाले गरेका छन । भिडियो 👇️👇️https://youtu.be/5kVyXPY8HeY