काठमाण्डौ।
बाकेको नेपालगन्जमा जारी सातौ संस्करणको प्रधानमन्त्री कप भलिबल प्रतियोगितामा आज हुने लिग चरणको अन्तिम खेलबाट उपाधीको टुगों लाग्दैछ।
साबिक बिजेता नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लब बिच नेपालगन्ज कवर्डहलमा हुने सो खेल फाईनल सरहको रहेको छ।
प्रतियोगितामा तीन विभागिय टोली नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, होङ्गान्जी न्यु डायमण्ड स्पोर्ट्स क्लब र स्थानिय टोली लुम्बिनी युनाइटेडको सहभागिता छ । विजेताले उपाधिसहित ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै दोस्रो टोलीलाई २ लाख, तेस्रोलाई १ लाख र चौथो हुने टोलीलाई ५० हजार रुपैयाँ प्रदान गरिनेछ ।