असोज १३, २०७८ बुधबार

 राष्ट्रिय वाणिज्य बैक लिमिटेडले आउँदो दसैँ, तिहार, नेपाल संवत् एवं छठलगायतको पर्वलाई मध्यनजर गर्दै विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न प्वाइन्ट अफ सेल ९पीओएस० को माध्यमबाट हुने कारोबारमा क्यास ब्याक अफर सार्वजनिक गरेको छ।

उक्त अफरअनुसार प्रतिकारोबार एक हजार रुपैयाँ वा सोभन्दा बढीको कार्ड स्याप गर्दा क्यास ब्याक हुने अफर ल्याएको बैंकले जनाएको छ। बैंकका अनुसार यो योजना आगामी असोज २१ देखि कार्तिक २४ गतेसम्म लागू हुने छ।

देशभर विभिन्न व्यवसायहरुमा रहेको पीओएसको माध्यमबाट राष्ट्रिय वाणिज्य बैंकको कार्डबाट बैंककै कार्ड स्याप गरी रकम भुक्तानी गर्दा कारोबारमा क्यास ब्याक हुनेछ। यसअन्तर्गत ३ देखि ५ पटकको कार्ड स्यापमा ५ प्रतिशत अधिकतम क्यास ब्याक वा रु.५००, ६ देखि १० पटकको कार्ड स्यापमा १० प्रतिशत अधिकतम क्यास ब्याक वा रु.७५०, ११ देखि १५ पटकको कार्ड स्यापमा १५ प्रतिशत अधिकतम क्यास ब्याक वा रु.१,००० मध्ये जुन कम हुन्छ सो बराबरको रकम क्यास ब्याक हुने छ।

बैंकको हाल सातै प्रदेशका ७७ जिल्लामा २४८ वटा शाखा कार्यालय, २१६ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ सञ्चालनमा रहेका छन्।