आज बुधबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ। मंगलबारभन्दा आज छापावाला सुन तोलामा सय रुपैयाँ घटेको हो। छापावाला सुन आज ८८ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य भने स्थिर छ।
मंगलबार प्रतितोला १ हजार १ सय ५५ रुपैयाँ मूल्य रहेको चाँदीको कारोबार आज पनि त्यही भाउमा भइरहेको छ।