असोज १३, २०७८ बुधबार

परराष्ट्रमन्त्री डा. नारायण खड्काको शपथ बदर गर्न माग गर्दै दायर रिटको सुनुवाइ आज नहुने भएको छ । सर्वोच्चले सपथ सम्बन्धी रिटलाई हेर्न नभ्याउनेमा राखेको छ । न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा सुनुवाइ तोकिएकोमा सर्वोच्चले हेर्न नभ्याइने जनाएको हो ।

खड्काले परराष्ट्रमन्त्रीका रूपमा लिएको पद तथा गोपनीयताको शपथ बदर गर्न माग गर्दै गत ६ असोजमा सर्वोच्चमा रिट दायर भएको थियो । अधिवक्ता विशाल न्यौपानेले कानुनी व्यवस्थाविना नै मन्त्री खड्काको शपथ भएको भन्दै रिट दायर गरेका थिए ।