नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार सेयर बजार परिसूचक ५०.५८ अङ्कले बढेर २६ सय ६५.९३ विन्दुमा पुगेको छ । गत मंगलबार परिसूचक ७०.०१ अङ्कले घटेर २६ सय १५.४० विन्दुमा झरेको थियो ।
आज सबैजसो उपसमूह धनात्मक (पोजेटिभ) भएर सेयर बजारमा नै हरियाली छाएको दिन ‘क’ वर्गका ठूला कम्पनीहरूको सेन्सेटिभ इन्डेक्ससमेत ८.५८ अङ्कले बढेर ५०३.४६ विन्दुमा उक्लिएको छ । यस दिन सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक अधिकतम ४.८७ प्रतिशतले वृद्धि भएको छ । जबकि मंगलबार सोही समूह उपसूचक सबैभन्दा बढी ७.३७ प्रतिशतले घट्न पुगेको थियो ।
यस्तै आज हाइड्रोपावर समूहले ४.२२ प्रतिशतले बढेको छ भने, विकास बैंकको ३.१८ प्रतिशतले र इन्भेष्टमेन्ट समूहको २.३२ प्रतिशतले वृद्धि भएको छ । यस दिन सबैभन्दा बढी कमाउनेमा ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड र अपीपावर कम्पनीका लगानीकर्ताहरू रहेका छन् । जसले अधिकतम् १० प्रतिशतले कमाएका छन् भने सबैभन्दा बढी गुमाउनेमा मेगा बैंक लिमिटेडका लगानीकर्ता रहेका छन् । मेगा बैंकका सेयरधनीहरूले आज ३.९२ प्रतिशतले गुमाएका छन् । यद्यपि, ५० अङ्क माथिले बढेको बजारमा कारोबार रकम भने ५ अर्बमा सीमित भएको छ ।