फागुन २५, २०७७ मंगलबार

माधवकुमार

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफु माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डको पछाडी लाग्दा बर्वाद भएको बताउनु भएको छ । सर्वोच्च अदालतले सत्तारुढ नेकपा खारेज गरेर एमाले र माओवादी केन्द्र ब्युँत्याएपछि उहाको यस्तो प्रतिक्रिया आएको हो ।

नेता नेपालले सर्वोच्चको आदेशपछाडी सबैभन्दा अप्ठ्यारो आफुलाई नै परेको बताउनु भयो । ‘हो । सबैभन्दा अप्ठ्यारो मलाई नै पऱ्यो, मैले त सोच्दै नसोचेको कुरा भयो । यो ढंगको निर्णय त कसरी होला र ? कसरी होला र भन्नेमात्रै लाग्थ्यो के ?, उहाको भनाई छ ।

तत्कालिन नेकपा रहँदा उहाले प्रचण्डसँग मिलेर अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउन गुटबन्दीमा लाग्नु भएको थियो । तर, सर्वोच्चले पूर्वपार्टीहरु ब्युँत्याइदिएपछि उहालाई निक्कै ठुलो धक्का लागेको छ ।

आफु निकट नेताहरुसँग उहाले आफ्नो राजनीतिक जिवन नै सक्किएको भन्दै गुनासो पोख्न थाल्नु भएको एक नेताले जानकारी दिनुभयो । ‘प्रचण्डको पछाडी लाग्दा आफ्नो भविष्य नै धरापमा पर्यो, न आफ्नो पक्षमा एमाले रह्यो न त नेकपा नै रह्यो भन्नुहुन्छ’, ति नेताले नेपालको भनाई उदृत गर्दै भन्नुभयो ।