असोज १३, २०७८ बुधबार

जापानको भूगर्भ विभागले दिएको जानकारीअनुसार त्यहाँ ६.१ म्याग्निच्युडको भूकम्प गएको छ । जापानको सामुद्रिक क्षेत्रमा केन्द्रविन्दु भएर भूकम्प आएकाले मानवीय क्षति भने हुन नपाएको अधिकारीले जनाएका छन्। स्थानीय समयअनुसार बेलुका ५ : ३७ बजे भूकम्प आएको विभागले जानकारी दिएको छ।

भूकम्प आए पनि आँधीको सम्भावना भने नदेखिएको अधिकारीले जनाएका छन् ।