एजेन्सी : इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले सहज जित निकालेको छ । सोमबार राति भएको खेलमा चेल्सीले घरेलु मैदानमा एभर्टनलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
चेल्सीको जितमा जोर्गिन्होले एक गोल गरे । भने अर्को एक गोल आत्मघाती गोलको उपहार पाएको थियो । जारी खेलको ३१ औं मिनेटमा बेन गडफ्रीको आत्मघाती गोलबाट चेल्सीले सुरुवाती अग्रता बनाएको थियो ।
पहिलो हाफमा १-० गोलको अग्रता बनाएको चेल्सी दोस्रो हाफको खेलको ६७ औं मिनेटमा जोर्गिन्होले पेनाल्टीमा गोल गर्दै चेल्सीलाई २-० को सहज जित दिलाए ।
उक्त जितसँगै चेल्सी लिगको चौंथो स्थानमा उक्लिएको छ । २८ खेलमा ५० अंक बनाएको छ । यता पराजित टोली एभर्टन ४६ अंक जोडेर सातौं स्थानमा रहेको छ ।